नेपाली शिक्षक आन्दोलनमा शीतयुध्दकालिन धङ्धङी

दोस्रो विश्वयुध्द समाप्त (१९४५) हुँदा मानव इतिहास कै अभूतपूर्व पीडा त छँदैथियो तथापि विश्वभरी नै नयाँ उत्साह पनि भरिएको थियो। मानव सभ्यता विकासको लागि शान्ति, लोकतन्त्र, समाजवाद, समानता, सामाजिक न्याय, मुक्ती र प्रगति जस्ता नयाँ अवधारणाहरु बहसमा थिए। औपनिवेशिक राष्ट्रहरु धमाधम मुक्त हुँदैथिए।