
सत्यवतीको प्रा वि तहमा दुई वर्ष पढेर २०३४ सालमा आदर्श मा वि, गजुरीमा भर्ना भइयो। अरु त ठिकै थियो, करिब ९ किमि पर दिनदिनै अर्काको गाडी चढेर स्कूल जान र घर फर्कन गारो थियो। डेरा लिएर बस्ने ढङ्ग र आँट पनि थिएन। दुई वर्षपछि पढ्नै भनेर काठमाडौं छिरियो। काठमाडौंमा शान्ति विद्यागृह, सिध्दार्थ वनस्थली, अमृत क्याम्पसबाट विज्ञानमा स्नातक गर्दा २०४६ साल सकिएको थियो।

दोस्रो विश्वयुध्द समाप्त (१९४५) हुँदा मानव इतिहास कै अभूतपूर्व पीडा त छँदैथियो तथापि विश्वभरी नै नयाँ उत्साह पनि भरिएको थियो। मानव सभ्यता विकासको लागि शान्ति, लोकतन्त्र, समाजवाद, समानता, सामाजिक न्याय, मुक्ती र प्रगति जस्ता नयाँ अवधारणाहरु बहसमा थिए। औपनिवेशिक राष्ट्रहरु धमाधम मुक्त हुँदैथिए।